जेड र बेदाङ राष्ट्रिय जुनियर टेनिसको प्रि क्वाटरफाइनलमा

काठमाडौं । जेड आले मगर र बेदाङ गौतम १६ औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा सोमबार प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा जेडले अबिर श्रीवास्तावलाई ६–० र ६–१ त्था बेदाङले भरुण सर्वागीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा बोरिस अधिकारीले देवाशिश रेउलेलाई ६–० र ६–० तथा साश्वत वज्राचार्यले आर्यम्यमान जोशीलाई ६–४ र ६–० को सीधा सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनाए ।

मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगिन् ।

यु–९ ब्वाइज सिंगल्समा स्पर्श तिमिल्सिनाले अशभ हाडालाई १–४, ५–४९३० र ४–२, सम्खाहाङ राईले अमत्र्या शर्मालाई ५–४९३० र ४–२ तथा अद्रित नेपालले साङ्गे रोकायालाई ४–१ र ४–१ ले पन्छ्याउँदै सेमिफाइनलमा पुगे ।

हिमेश गिरीले याजुर ओझाबाट वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाए । यु–९ गल्स सिंगल्समा साम्राज्ञी लामाले शिभाली गुरुङलाई ५–३ र ५–४९४०, युरन जियाङले अन्जुश्री शाहलाई ५–३ र ४–२ तथा प्राज्णा मानन्धरले कर्मिश्था श्रेष्ठलाई ४–२, १–४ र ४–२ ले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरे ।

यता यु–१० ब्वाइज सिंगल्समा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ६–२ र ६–२, बोरिस अधिकारीले निरज मगरलाई ६–० र ६–०, अविर श्रीवास्तावले सिर्जन भट्टराईलाई ६–० र ७–५ तथा सम्मान बस्नेतले माइकल अदियाजोहीलाई ६–० र ६–२ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।

यु–१४ गल्र्स सिंगल्समा इशाश्री शाहले समृद्धि सेढाईंलाई ६–० र ६–०, रायना शाहले आइशा डोल्कर गुरुङलाई ६–३, ३–६ र ६–३, निमिशा ढकालले सराह तिमिल्सनालाई ६–२ र ६–० तथा सुभाङ्गीलक्ष्मी शाहले अजा रेग्मीलाई ६–१ र ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष एवं स्व. जयकरकी माता ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा १२ स्पर्धामा ७७ खेलाडी सहभागी छन् । शनिबारसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?