नेपाल र भारत भिड्दै

लोकपथ
105
Shares

काठमाडौं । नेपालले आज बुधबार भारतसँग भिड्दै छ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो । नेपाल आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।

बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ ।  प्रतियोगिता अन्तर्गत बुधबार बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?