सडकमा फोहोर फाल्नेलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने माथि कारवाही शुरुगर्ने भएको छ ।

महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा निगरानी पनि बढाएको छ ।

अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।

विभिन्न ठाउँमा स्मार्ट डस्टविन राख्न सुरु गरेलगत्तै महानगरपालिकाले यस्तो अभियान चलाएको हो । महनगरका  जनचेतनाका लागि प्रचारप्रसार गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?