फ्रान्समा छोटो दुरीको यात्राका लागि विमानलाई प्रतिबन्ध

लोकपथ
63
Shares

काठमाडौं । फ्रान्स सरकारले कार्बन उत्सर्जन रोक्न नयाँ निर्णय गरेको छ । फ्रान्स सरकारले छोटो दूरीको यात्राका लागि हवाइजहाजलाई प्रतिबन्ध लगाएको छ। सरकारको उक्त निर्णयले विमान उद्योगमा हलचल मच्चाएको छ ।

मंगलबार, फ्रान्सले अन्तर्ष्ट्रिय सञ्चार माध्यामका अनुसार फ्रान्स सरकारले रेलबाट साढे दुई घण्टाभन्दा कम समय लाग्ने यात्रा अब उडानबाट गर्न नपाइने निर्णय गरेको छ ।

फ्रान्स सरकारले कार्बन न्यूनीकरणका लागि यो आवश्यक र महत्वपूर्ण कदम भएको बताएको छ ।

जेटको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ । युरोपेली फेडेरेसन फर क्लिन ट्रान्सपोर्टको प्रतिवेदन अनुसार, एक जेटले व्यावसायिक उडानको तुलनामा प्रति व्यक्ति १४ गुणा बढी प्रदूषण गर्छ। ट्रेनको तुलनामा विमानको प्रदूषण ५० प्रतिशतले बढी हुने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?