काठमाडौं । गर्भवतीको मृत्यु भएपछि सिन्धुली जिल्ला अस्पतालको बन्द रहेको सेवा पुन: सुचारु भएको छ । गर्भवतीको मृत्यु भएपछि घटनालाई लिएर आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए ।
अस्पताल व्यवस्थापन, सरोकारवाला र पीडितपक्षबीच सहमति भएपछि तोडफोड भएका सामान मर्मत गरी सेवा सुचारु भएको हो ।
सहमति अनुसार घटनाको छानबिनका लागि समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने भएको छ ।
कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ सिन्धुली अस्पताल आएकोमा त्यहाँबाट रिफर गरेपछि बर्दिबास लगिएको थियो । तर बर्दिबास लैजाने क्रममा श्रेष्ठकाे बाटाेमै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया