डा.केसीले पठाए भिडियो सन्देश, सांसदसँग गरे यस्तो अपील

काठमाडौं । डा. गोविन्द केसीले प्रतिनिधि सभाका सदस्यलाई चिकित्सा शिक्षा विधेयक जनतामुखी बनाउन अनुरोध गरेका छन् । त्रिवि शिक्षण अस्पतालको वार्डबाटै उनले भिडियोमार्फत् उक्त सन्देश दिएका हुन् ।

भिडियोमा बोल्दै उनले विधेयक माफियामुखी भएको आरोप लगाएका छन् ।

यही मंगलवार बस्न गइरहेको संसदको बैठकलाई मध्यनजर गर्दै सांसदहरुलाई जनतामुखी र विद्यार्थीमुखी ऐन पारित गर्न डा. केसीले अपील गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?