इन्भेष्टमेन्ट बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण

काठमाडौं । साधाण सभा सकेका एक बैंकसहित तीन कम्पनीले लाभांश वितरण गर्न शुरु गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक, सिर्जना फाइनान्स र गण्डकी विकास बैंकले साधारण सभा सकिएसँगै लाभांश वितरण दिन थालेको हो । इन्भेष्टमेण्ट बैंकको गत पुस २९ गते साधारण सभा सम्पन्न भएको थियो ।

२२ औँ वार्षिक साधारण सभावाट पारित भएको २२ प्रतिशत नगद लाभांश पुस २६ गते सम्म डिम्याट खातासँगै अद्यावधिक गरिएको बैंक खातामा पठाएको छ ।

यता गण्डकी विकास बैंकको पुस २६ गते सम्पन्न ११ औँ वार्षिक साधारण सभाबाट पारित लाभांश शेयरधनीहरुलाई वितरण गर्न शुरु गरिसकेको छ । बैंकले गत पुस १० गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुलाई १४ दशमलब २० प्रतिशत करसहित नगद लाभांश बैक खातामा जम्मा गरेको जानकारी दिएको छ । 

त्यस्तै सिर्जना फाइनान्सले पनि शेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ । गतपुस २८ गते सम्पन्न फाइनान्सको १८ औँ वार्षिक साधारण सभाले ९ दशमलब ५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?