नेपाल धितोपत्र बोर्डद्वारा जनता बैंकलाई मर्चेन्ट बैंकर सञ्चालन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनता बैंक नेपाललाई  धितोपत्र व्यवसायी ‘मर्चेन्ट बैंकर’ सञ्चालन गर्न अनुमति दिएको छ। 

धितोपत्र बोर्डले जनता बैंकलाई धितोपत्र सम्बन्धि ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिकाको अधिनमा रही मर्चेन्ट बैंकरको रुपमा काम गर्न अनुमति जनाएको छ । 

जनता बैंकले  प्रेस विज्ञप्ति जारी गर्दै शेयरको निश्काशन तथा बिक्री प्रबन्ध, धितोपत्रको प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापना र संस्थागत परामर्शको सेवा प्रदान गर्ने गरी सञ्चालनको लागि अनुमति दिएको उल्लेख गरेको छ । 

गत पुस २९ गते सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले शेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्थालाई पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?