एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
डुर्बानमा मंगलवार राति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो । २ सय ४ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४२ ओभरमा मात्र ५ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।
दक्षिण अफ्रिकाका लागि हेण्ड्रिक भान डेरले नटआउट ८० तथा एडिले लक्कीले अविजित ६९ रनको अर्धशतकीय पारी खेल्न सफल भए । त्यस्तै डेभिड मिल्नरले ३१ रन जोडे । पाकिस्तानका लागि साहिन साह अफ्रिदीले सर्बाधिक ३ तथा सादव खानले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४५ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनमा समेटिएको थियो। पाकिस्तानका लागि लगे हसन अलीले ५९ रन तथा कप्तान सर्फ्राज अहमेदले ४१ रन जोडेका थिए । दक्षिण अफ्रिकाका एडिले लक्की सर्वाधिक ४ विकेट लिन सफल भए ।
जितसँगै दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा १-१ को बराबरी गरेको छ ।
यस अघि भएको पहिलो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको थियो । तेस्रो एकदिवसीय क्रिकेट यहि शुक्रवार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया