सानिमा बैंक अब नवलपरासीको सुनवलमा

लोकपथ
63
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन ।

समुद्घाटन् समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालयर १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?