बलिउड सेलिब्रेटी : यी हुन् स्नातक तह पूरा नगरेका स्टारहरु

एजेन्सी । बलिउड नगरिका चर्चित कलाकारहरुले स्नातक तह नै उत्रिर्ण गरेका छैनन् भन्दा तपाई चकित नहुनुहोस् । किनभने आज हामी बलिउडका चर्चित कलाकारहरुको बारेमा चर्चा गर्नेछौ । फिल्मी करियरलाई अघि बढाउन केही यस्ता सुपरिचित कलाकारहरुले आफ्नो पढाईलाई बिचैमा छोडेका छन् । 

ऐश्वर्या राय 

सबै मानिसलाई आफ्नो सुन्दरताले देश र दुनियाँलाई नै साथी बनाउने क्षमता भएकी ऐश्वर्या रायले आफ्नो फिल्मी करियरलाई अघि बढाउन आफ्नो पढाईलाई बिचैमा त्यागिन् । सन् १९९४ मा मिस वल्र्डको उपाधि जितेपछि उनले आफ्नो पढाईलाई अधुरो छोडिन् तर, उनको इच्छा भने आर्किटेक बन्ने थियो । 

सलमान खान

उनलाई बलिउडमा बजरङगी भाइजान नामले चिनिन्छ । सलमान खान बान्द्रास्थित नेशनल कलेजमा भर्ना त भए तर, उनले आफ्नो पढाईलाई पुरा भने गर्न सकेनन् । बलिउड नगरिमा चर्चा कमाएपनि उनले आफ्नो पढाई पुरा गर्ने सपनालाई भने अधुरो नै राखे । 

दीपिका पादुकोण

आफ्नो कुल लुक्स र स्टाइलको लागि उनले फिल्म जगतमा तमासा गर्लको नामले पनि चिनिन्छ । उनी व्यालोरस्थित माउन्ट कार्मेल कलेजमा भर्ना भए पनि पढाई भने पुरा गर्न सकिनन् । आफ्नो रुचि मोड्लिङमा भएकोले उनी मोड्लिङ क्षेत्रमा नै व्यस्त भइन् । त्यसैकारण उनले आफ्नो पढ्ने इच्छालाई बिचैमा त्यागिन् । 

करीना कपुर 

करीना कपुर कलेज पढ्दा उनको सपना थियो वकिल बन्ने । तर, उनी मुम्बईको कलेजमा भर्ना पनि भइन् । त्यतिबेला उनले रिफ्युजी फिल्ममा डेब्यु पाएसँगै उनले वकिल बन्ने सपनालाई छाडिदिइन् । 

सोनम कपुर 

हेर्दा वोल्ड लुक्स भएकी उनी आफ्नो स्टाइलबाट निक्कै चर्चामा आइन् । उनले आफ्नो  अध्ययनलाई १२ सम्म मात्र निरन्तरता दिन सकिन् । तर, उनले आफ्नो पढाई अधुरो भएकोमा आत्मग्लानी महशुस हुने गरेको समेत बताउँदै आइरहकी छिन् । 

अक्षय कुमार

चर्चित नायक अक्षय कुमार पनि आफ्नो पढाईलाई पुरा गर्न सकेका छैनन् । पहिलेदेखि उनी आफ्नो पहिचान बनाउन चाहन्थेँ यसै क्रममा उनले मार्सल आर्ट सिक्नको लागि आफ्नो कलेज लाईफ सधैको लागि छोडिदिए । 

करिश्मा कपुर

आकर्षक हाउभाउ देखाएर ‘प्रेम कैदी’ फिल्मबाट डेब्यु गरेकी करिश्मा कपुरले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् । १६ वर्षको उमेरदेखि फिल्मी नगरिमा जमेकी उनले स्कुलिङ पनि राम्ररी अध्ययन गर्न सकिनन् । 

आजतकबाट अनुवादित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?