ओलम्पियन मेडललिस्ट भोलाको निधन

एजेन्सी । भारतका ओलम्पिक पदक विजेता हक्की खेलाडी रघबीर सिंह भोलाको निधन भएको छ । 

ओलम्पिकका दुई पदक विजेता खेलाडी भोलाको ९२ वर्षको उमेरमा निधन भएको भारतिय सञ्चार माध्यमले जनाएको छ । उनले सन् १९५६ मा सम्पन्न मेलबर्न ओलम्पिक तथा सन् १९६० को रोम ओलम्पिकमा एक स्वर्ण र एक रजत पदक जितेका थिए ।

स्वः भोलाको पत्नी कमला भोला, तीन छोरी र तीन नाती छन् । भारतिय ओलम्पिक कमिटीले भोलाको निधनमा शोक व्यक्त समेत गरेको थियो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?