२००७ सालदेखिकै भ्रष्टाचारको फाइल खोलौँ : महामन्त्री शर्मा

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सबै भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको उनले बताए । ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ, ‘भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?