एजेन्सी । सन् २०१९ मा चीनलाई पछि पार्दै भारत विश्वको दोस्रो ठूलो तेल खरिद गर्ने मुलुक बन्ने भएको छ ।
रिसर्च एण्ड कन्सल्टेन्सी ग्रुप वुड म्याकेन्जीले सार्वजनिक गरेको रिपोर्टअनुसार, भारतमा अटो इन्धन र एलपीजीको खपतको वृद्धिका कारण तेलको माग बढ्दो रहेको छ ।
सन् २०१८ मा भारतमा तेलको मागमा तीव्र वृद्धि भएको थियो । गत वर्ष जीएसटी तथा नोटबन्दी लागु भएपछि विश्वव्यापी मागमा ४ प्रतिशत वृद्धि भएर प्रतिदिन २ दशमलब ४५ लाख ब्यारेल पुगेको थियो ।
म्याकेन्जीको रिपोर्ट अनुसार २०१९ मा पनि समान स्तरमा तेलको मागमा वृद्धि हुने अनुमान गरिएको छ । तेलको मागमा भएको तीव्र वृद्धिसँगै भारतले यो वर्ष चीनलाई पछि पार्दै दोस्रो तेल खरिद गर्ने देश बन्नेछ ।
अमेरिकी उर्जा सूचना प्रशासन ‘ईआईए’ का अनुसार, हाल अमेरिका र चीनपछि भारत तेस्रो बढी तेल उपभोक्ताका रूपमा रहेको छ । २०१७ देखी २०१८ सम्ममा भारतमा तेलको खपत २० दशमलब ६२ करोड टन रहेको छ ।
त्यस्तै भारतमा डिजलको खपत सबैभन्दा धेरै रहेको छ । सन् २०१८ सम्म भारतमा ९३ हजार व्यारेल प्रतिदिनको तुलनामा ६ दशमलब ४ प्रतिशतले वृद्धि भएर प्रतिदिन १ दशमलब १२ लाख ब्यारेल पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया