काठमाडौंं । अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरेको छ ।
जसअनुसार नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये १९ संस्थान घाटामा देखिएका छन् ।
आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
अर्थमन्त्री महतले सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा रहेको बताए ।
चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेकोमा जम्मा ६ अर्ब १८ करोड अथार्त लगानीको १ प्रतिशत मात्र लाभांश प्राप्त भएको उनले बताए । समीक्षा अवधिमा २०।३ प्रतिशत सार्वजनिक संस्थानहरूको लाइब्रीटि घटेको अर्थमन्त्री महतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया