काठमाडौं । धितोपत्र बजारमा बुधवार शेयरको मूल्यमा वृद्धि भएको छ ।
कारोवार मापक नेप्से परिसूचक ४ दशलमब १५ विन्दुले बढेर एक हजार १७२ दशमलब ९८ विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ६९ विन्दुले बढेर २४८ दशमलब ७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार बुधवार कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो ।
कारोवार भएका कूल ११ उपसमूहमध्ये बुधवार दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ ।
उत्पादन ३१ दशलमब ६ र जीवन बीमा २७ दशमलब ३१ विन्दुले घट्दा बैंकिङ १ दशमलब ४९, व्यापार २ दशमलब ८७, होटल ० दशमलब २१, विकास बैंक ६ दशमलब ८६, जलविद्युत् ३१दशमलब ४८, वित्त ० दशमलब ७९, निर्जीवन बीमा ५८ दशमलब ०६,अन्य ३ दशमलब ३९ र लघुवित्त १२ दशमलब ९९ विन्दुले बढेका छन् ।
स्टकका अनुसार बुधवार सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
त्यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया