काठमाडौं । नेपाल उद्यमशीलता सम्मेलन–२०१९ हुने भएको छ । नेपाल उद्योग परिसंघ, नेपाल सरकार र विशाल मिडिया गुप्रको संयुक्त आयोजना फागुन २ गते सम्मेलन हुन लागेको हो ।
Federal Nepal: Opportunities for investment and growth को नारा सहित काठमाडौंको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
सात वटा प्रदेशको लगानीकर्ता तथा उद्यमीहरुको प्रत्यक्ष सहभागीतामा उद्यमशीलता सम्मेलनको आयोजना हुन लागिएकोे नेपाल उद्योग परिसंघ अध्यक्ष हरि भक्त शर्माले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले नेपालमा उद्योगको सम्भावना धेरै भएतापनि व्यवस्थित नीति नभएकाले उद्योग क्षेत्रमा लगानि गर्न नचाहेको धारणा व्यक्त गरे ।
फागुन २ मा हुने सम्मेलनमा विकास र प्रविधि, इन्टरप्रेनरसीप इकोसिस्टम, प्रभावकारी प्रशासन र नीतिहरुमा छलफल हुनेछ ।
सम्मेलनमा लगानिकर्ता, उद्यमी, व्यवस्थापन र इन्जिनेरिङका विद्यार्थी सहभागि हुन सक्ने छन् । सम्मेलनमा चारसय जनालाई सहभागि गराउने नेपाल उद्योग परिसंघको लक्ष्य छ ।
नेपालमा उद्योगमा लगानि गर्नुको फाईदा, चुनौती र त्यसलाई व्यवस्थित कसरी बनाउने भन्ने सम्मेलनको मुख्य एजेण्डा रहेको छ ।
राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वपधानमन्त्री पुष्प कमल दहाल, उद्योग तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादव लगायत मन्त्री, नेता, उद्यमी आदीको सहभागीता रहने सम्मेलनको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गर्ने छन् ।
नेपाल उद्यमशीलता सम्मेलन–२०१९ पछि नेपालमा उद्योग क्षेत्रमा भएका समस्याहरु कम हुने विश्वास परिसंघको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया