राजधानीमा मिडिया प्रदर्शनी हुँदै

काठमाडौं–राजधानीको भृकुटीपण्डपमा आगामी अप्रिल १२, १३ र १४ तारिखमा मिडिया प्रदर्शनी हुने भएको छ।
 

आयोजक संस्था एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले राजधानीमा  पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा परियोजना प्रमुख डम्बर शाहूले नेपालमै पहिलो हुन लागेको यसखालको प्रदर्शनी लेनेपालको मिडिया क्षेत्रको समग्र विकास र बिस्तारको लागि एक खुडकिलो हुने विस्वास व्यक्त गरे ।

यस्तै नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले प्रदर्शनीको सफलताको शुभकामना दिए । उनले भने, ‘मिडिया र बिज्ञापन सम्बन्धी बिभिन्न कार्यक्रमहरु सरकार वा संघले गर्नु पर्दथ्यो तर बिभिन्न कारणले हामीले गर्न नसके पनि तपाईहरुले यसको प्रयास गर्नु भएको छ जुन सरहानीय छ। हामी आयोजक संस्थालाई सबै प्रकारको सहयोग गर्न तयार छौ र सफल गर्ने दायित्व हाम्रो पनि हो।’

यस्तै  सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले प्रशर्ननीले रेडियो तथा टेलिभिजन क्षेत्रलाई नयाँ मोड दिने विस्वास व्यक्त गरे ।

नेपाल अनलाईन पत्रकार संघका अध्यक्ष शिव कुमार सत्यालले यो र यस्ता खाले मिडिया प्रदर्शनीले नेपालको अनलाईन मिडिया उद्योगको लागि कोषेढुंगा सावित हुने विस्वास व्यक्त गरे ।

आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनी तथा संघ–संस्थाहरुले प्रदर्शनीमा सहभागि जनाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?