कस्तो थियो नेपालको पहिलो बजेट ? (पूर्णपाठ)

लोकपथ
182
Shares

काठमाडाैं । नेपालमा प्रजातन्त्र स्थापना भएसँगै बजेटको शुरुवात भयाे।

२००७ मा प्रजातन्त्र स्थापना भएसँगै २००८ सालमा पहिलोपटक बजेट प्रस्तुत भएको थियो । तत्कालिन अर्थमन्त्री शुवर्णशमसेर राणाले २००८ साल माघ २१ गते पहिलाेपटक बजेट प्रस्तुत गरेका थिए । अहिलेजस्तो संसदबाट बजेट भाषण भएको थिएन । आम जनताले सुन्ने माध्ययम नभएकाले रेडियो नेपालबाट बजेट प्रस्तुत गरिएको थियो ।

नेपालमा पहिलोपटक ५ करोड २९ लाख रुपैयाँ बराबरको रहेको थियो । ००८ सालदेखि २०१२ सालसम्म शान्ति सुरक्षा कायम राख्ने विषयलाई प्रमुखताका साथ उठाइएको थियो । भने २०१३ सालबाट नेपालमा योजनाबद्ध रुपमा बजेट प्रस्तुत हुन थालेको थियो ।

उक्त बजेटमार्फत् अघिल्लो वर्षको आर्थिक अवस्था समेत प्रस्तुत गरिएको थियो । जसमा ००७ को कुल आम्दानी २ करोड ६० लाख ८१ हजार रहेको थियो । त्यस्तै खर्च भने २ करोड ४६ लाख ८७ हजार रहेको थियो ।

आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपरान्ह ४ बजे प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?