अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा

लोकपथ
0
Shares

काठमाडौं । १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ ।

पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो ।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलगायतको सहभागिता रहेको थियो । सो पदयात्रामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए), ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान)ठमेल पर्यटन विकास परिषद्लगायत सङ्घ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको अवसरमा नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईँदै आइएको छ । सगरमाथाको चुचुरोमा पाइला राखेको आज ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखमा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिलैण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा मानव पाइला राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?