पुटिनसँगको भेटवार्ता लगत्तै बेलारुसका राष्ट्रपति लुकाशेन्को अस्पताल भर्ना, स्वास्थ्य अवस्था गम्भीर

लोकपथ
91
Shares

काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलुकाशेन्को गम्भीर अवस्थामा मस्कोको अस्पतालमा भर्ना भएका छन् ।

लुकासेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए । तर पुटिनसँगको भेटपछि उनको स्वास्थ्य बिग्रिएपछि उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

लुकासेन्को स्वास्थ्यमा समस्या देखिएपछि मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा भर्ना भएका छन् । लुकासेन्को र पुटिनबीच बन्द कोठामा कुराकानी भएको र त्यसपछि लुकासेन्कोको स्वास्थ्य बिग्रिएको हो ।

लुकासेन्कोको रुसका शीर्ष डाक्टरहरूले उपचार गरिरहेको भएपनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उक्त अस्पतालले जनाएको छ । लुकासेन्कोको रगत सफा गर्ने प्रक्रिया भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?