श्रीलङ्काले मे ३० बाट साप्ताहिक इन्धन कोटा बढाउने

लोकपथ
98
Shares
काठमाडौं । श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको  इन्धन कोटा बढाउँने भएको छ ।  ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताएकी छिन् ।
नयाँ योजना अन्तर्गत तीन पाङ्ग्रे सवारीहरूले प्रति हप्ता २२ लिटर (१५ लिटर बाट माथि) सम्मको इन्धन किन्न सक्नेछन् भने मोटरसाइकलले १४ लिटर (७ लिटरबाट माथि) किन्न सक्नेछन् ।
त्यसैगरी बसहरूले  १२५ लिटर (६० लिटरबाट माथि), कार ४० लिटर (३० लिटरबाट माथि), र अन्य भूमिगत सवारीहरूले ४५ लिटर २५ लिटरबाट माथि किन्न सक्नेछन् ।
यसै बीच लरीहरूले १२५ लिटर (७५ लिटरबाट माथि) किन्न सक्नेछन् भने क्वाड्रिसाइकलहरूले १४ लिटर (६ लिटरबाट माथि) किन्न सक्नेछन् । विदेशी मुद्रा सञ्चिति अभावका कारण इन्धनको अभाव भएपछि श्रीलङ्काले सन् २०२२ को मध्यदेखि इन्धन खपतमा मितव्यिता अपनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?