काठमाडौं । सरकारले आगामी वर्षबाट फागुन मसान्तबाटै बजेटमाथि छलफल गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै फागुन मसान्तभित्रैबाट विनियोजन विद्येयकका शिद्धान्त र प्राथमिकता संघीय संसदमा छलफल गर्ने व्यवस्था मिलाइने बताए ।
‘फागुन मसान्त भित्र विनियोजन विद्येयकका शिद्धान्त र प्राथमिकता संघीय संसदमा छलफल गर्ने व्यवस्था मिलाइनेछ ।’ उनले भने ।
यसअघि बजेटमाथि छलफल गर्नका लागि थोरै समय भएको भन्दै आलोचना भइरहेको थियो । फागुन मसान्तबाटै विनियोजन विद्येयकको शिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दा जनअपेक्षा अनुसार बजेट आउने अपेक्षा हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया