वित्तिय समानीकरण अनुदान : प्रदेशलाई ५८ अर्ब, स्थानीय तहलाई ८७ अर्ब

लोकपथ
14
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले वित्तिय समानीकरण अनुदान प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड विनियोजन गरिएको बताएका छन् ।

‘सशर्त अनुदान प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड विनियोजन गरेको छ । समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड छुट्याइएको छ । विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानीय तहलाई ८ अर्ब ७३ करोड । राजश्व बांडफांटतर्फ प्रदेश र स्थानीय तहमा १ खर्ब ७३ अर्ब ९२ करोड हस्तान्तरण हुने अनुमान गरिएको छ ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?