काठमाडौं । सरकारले यसवर्ष वृद्धभत्तालाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका हुन् ।
साथै, सामाजिक सुरक्षा भत्ता सोझै लाभग्राहीको बैंक खातामा जाने व्यवस्था मिलाइएको उनले बताए ।
ज्येष्ठ नागरिकलगायतका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया