भाषासेवी मोहनराज शर्माको निधन

काठमाडौं । भाषासेवी मोहनराज शर्माको ७८ वर्षको उमेरमा बिहीवार निधन भएको छ । 

शर्माको उपचारका क्रममा बिहान ६ः३५ मिनेटमा काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो ।

७८ वर्षीय शर्माका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् । दमबाट थलिएका शर्मा विगत १० दिनयता अस्पताल भर्ना भएका थिए । 

उनी प्रेसर र सुगरबाट समेत पीडित थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?