निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सरकारले ८ अर्ब सांसदलाई बाँड्दै

लोकपथ
105
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएको छ ।
जसको लागि सरकारले ८ अर्ब २५ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो कुरा बताए ।

‘प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्नेगरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु । उक्त प्रस्तावमा एउटा निर्वाचन क्षेत्र बराबर रु १ करोड विनियोजन हुनेगरी सडक, सिँचाइ खानेपानी, शिक्षा स्वास्थय पर्यटन खेलकुद लगायतका भौतिक पूर्वाधार लगायतका क्षेत्रमा खर्च गर्ने व्यवस्था गरेको छु ।’ उनले भने, ‘त्यसको लागि रु ८ अर्ब २५ करोड विनियोजन गरेको छु ।’

यसअघि सांसद विकास कोष रहेको भन्दै विरोध भएको थियो । सांसद विकास कोष अन्तर्गत कार्यकर्ता पोस्ने काम भएको भन्दै त्यसको विरोध भएर भएपछि बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?