काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको स्रोत व्यवस्थापन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेटको स्रोत व्यवस्थापन बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले राजस्वबाट १ खर्ब ४८ अर्ब ६२ रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब, विदेशी ऋण २ खर्ब १२ अर्ब र आन्तरिक ऋण २ खर्ब ४० अर्ब भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया