प्रभु बैंकको फ्रि प्रोफिट अर्बभन्दा माथि, लगानीकर्तामाझ थप लोकप्रिय बन्दै

काठमाडौं । ‘बैंकको विश्वास दिन्छौं, विश्वास लिन्छौं’ भन्ने नाराका साथ अघि बढिरहेको प्रभु बैंकले बैंकिङ्ग क्षेत्रमा आफ्नो विश्वास बढाउन थालेको छ ।  

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सो बैंकले आफ्नो खुद नाफा, फ्रि प्रोफिट बढाएर निष्कृय कर्जा अनुपातलाई घटाउँदै बैंकिङ्ग क्षेत्रमा आफ्नो विश्वासलाई थप मजबुत बनाउन थालेको हो । 

बैंकले आफ्नो वित्तीय विवरण बिहीवार सार्वजनिक गर्दै चालू वर्षको ६ महिना अवधिमा एक अर्ब आठ करोड १२ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको उल्लेख गरिएको छ । गत वर्ष बैंकको  नाफा ६३ करोड ४९ लाख मात्र रहेको थियो । त्यस्तैगरि बैंकले गत आर्थिक वर्षको नाफाबाट पहिलो पटक शेयर धनीलाई लाभांश बाड्न लागेको समेत जनाएको छ । 

यता बैंकले बिहीवार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड ‘एनएफआरएस’का अनुसार प्रतिवेदनमा गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा ‘७३ दशमलब ३२ प्रतिशत’ अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

गत वर्षको ६० करोड ११ लाखको खुद नाफालाई बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँमा पु-याएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?