काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राईले सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।
लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ ।
नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० पक्राउ परेका थिए । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया