बालबालिकालाई पनि डिप्रेसन हुन्छ, थाहा पाउनुहोस् तपाईको बालबालिका स्वस्थ छन् ?

चिन्ताकै चरम रुपलाई ‘डिप्रेसन’ भनिन्छ । 

हामीलाई लाग्छ, चिन्ता वयस्क वा बृद्धबृद्धालाई मात्र हुन्छ । घरव्यवहार, करियर, सम्बन्ध आदिको चापले युवा उमेरदेखि मात्र सताउने भएकोले हामी सोच्छौं, समस्या टिनएजदेखि मात्रै शुरु हुन्छ ।

तर यो सोच गलत हो । 

हरेक उमेर समूहका मानिसलाई डिप्रेसन हुन्छ । डिप्रेसनले बालबालिकालाई पनि नराम्ररी गाँज्छ । प्रवीधिको युगका बालबालिकाहरुमा मानसिक रोगको खतरा झनै बढी हुन्छ । बच्चाहरु किन डिप्रेसनको शिकार भइरहेका छन् त ? यसका यहि नै कारण हुन् भन्न सकिँदैन । त्यति मात्रै होईन । डिप्रेसनको एउटा मात्र कारण हुँदैनन् पनि । वर्तमान अवस्थामा एकल पारिवारिक संरचनादेखि विद्यालयको व्यवहारले समेत उनीहरुलाई यस किसिमको जोखिममा पारिरहेका छन् । पढाईको बोझ, अभिभावकको अपेक्षा आदि कारण बच्चाहरुमा ‘डिप्रेसन’ देखिएको हो । 

बाल अवस्थामा पनि मानसिक समस्या वा रोग हुन्छ भन्ने जानकारी नभएका कारण आमाबुबाहरु त्यस्तो रोगको पहिचान गर्न सक्दैनन् । 

“डरलाग्दो अवस्था त के छ भने, डिप्रेसनको कारण बच्चाहरु आत्महत्या गर्न समेत पछि  पर्दैनन् । अहिले सिंगो विश्वमै यस्तो प्रवृत्ति बढिरहेको छ ।”

“डरलाग्दो अवस्था त के छ भने, डिप्रेसनको कारण बच्चाहरु आत्महत्या गर्न समेत पछि  पर्दैनन् । अहिले सिंगो विश्वमै यस्तो प्रवृत्ति बढिरहेको छ ।”

डिप्रेसन एक सायकोटिक डिसअर्डर हो । बच्चा दुई हप्ता वा त्यो भन्दा बढी समय उदास रहनु यो रोगको एउटा लक्षण हो । 

धेरै आमाबुबाले आफ्नो बच्चलाई बुझेकै हुँदैनन् ।

बच्चाको रुची र क्षमताभन्दा पनि आफ्नो इच्छा उनीहरुमाथि लाद्ने गर्छन् । त्यही कारण बच्चामा मानसिक तनाव हुन्छ । चिन्ता हुन्छ । र, त्यसले डिप्रेसनको रुप लिन्छ ।

संसारभरिका लाखौं मानिसहरू मानसिक समस्याबाट पिरोलिएका छन् । मानसिक रोगका कारणहरु बुदागतरुपमा कुनै यहि हो भनेर कुनै पनि अध्ययन र प्रविधिहरुले पत्ता लगाएको छैन । तर मानसिक अस्वस्थता घर, परिवार र समाजले जन्माएको हो । 

चिकित्सक भन्छन्, मानिसलाई जन्मिने बित्तिकै देखि तनाव शुरु हुन्छ । जन्मिसकेपछि उसको ध्यान आमाले दूध खुवाउँछिन् वा खुवाउँदिनन् भन्नेमा हुन्छ । आमाले दूध दिइनन् भने बच्चालाई त्यही बेलादेखि तनाव शुरु हुन्छ । सानो उमेरमा बच्चाहरुले शब्दको प्रयोग गर्न नसक्ने हुँदा आफ्नो तनावलाई उनीहरुले चिच्याएर, रोएर वा यस्तै प्रकारका अन्य क्रियाकलाप गरेर निकाल्ने गर्छन् ।

बच्चाले खानपिन, पढाई वा खेलकुदमा रुची नदेखाउनु, अनावश्यक खुसी हुने वा दुखी हुनु, धेरै रुनु, रिसाइरहनु, आवेशपूर्ण व्यवहार गर्नु, धेरै हड्बडाउनु, विद्यालयमा अरुसँग घुलमिल नहुनु, एकान्तमा बस्न रुचाउनु आदि बच्चाहरुमा हुने डिप्रेसनको लक्षण हो । 

बच्चाले खानपिन, पढाई वा खेलकुदमा रुची नदेखाउनु, अनावश्यक खुसी हुने वा दुखी हुनु, धेरै रुनु, रिसाइरहनु, आवेशपूर्ण व्यवहार गर्नु, धेरै हड्बडाउनु, विद्यालयमा अरुसँग घुलमिल नहुनु, एकान्तमा बस्न रुचाउनु आदि बच्चाहरुमा हुने डिप्रेसनको लक्षण हो । 

वास्तविकता ठम्याउन नसक्ने स्थिति जसलाई चिकित्सककको भाषामा स्कित्जोफ्रेनिया भनिन्छ अनि भावनालाई नियन्त्रण गर्न नसकिने स्थिति जसलाई बाइपोलार डिसअडर भनिन्छ, यी रोगहरू गम्भीर प्रकारका मानसिक रोगहरुमा पर्छन् ।

परिवारिक समस्या, परिवारको झगडा, बच्चाहरुलाई मायाको कमि, प्रविधीको बढ्दो प्रभाव, आमाबुबाको कार्य व्यस्तता र आर्थिक अभाव यि पाँच कुराहरुलाई पछिल्लो समय बच्चाहरुमा डिप्रेसनमा जाने मुख्य कारणहरु मानिँदै आएको छ । पछिल्लो समय प्रबिधिको बढ्दो विकाससँगै परिवारका सदस्यहरु एकअर्कोबाट टाढिँदै गएका छन् ।

बालबालिकालाई टिभि हेराएर, गेम खेलाएर खाना खुवाउने गरिएको छ । यस्तो कारणले उनीहरुमा इच्छाहरु पनि बढ्दै जान्छ र बानी पर्छ । जब उनीहरुले आफूले भनेको कुराहरु पाउँदैनन् तब बच्चाहरु कराउने, रिसाउने, झगडा गर्ने जस्तो कामहरु गर्ने गर्छन् । उनीहरुलाई निन्द्रा लाग्दैन । आफूहरुलाई चाहिएको कुराहरु उनीहरु जसरी पनि लिन चाहन्छन् र बैकल्पिक बाटोको निर्माण पनि आफै गर्छन् । त्यसैले बच्चाहरु झुट बोल्छन् । 

परिवारका सदस्यहरुले बच्चाहरुलाई राम्रो समय दिनु, उनीहरुलाई भावनात्मक रुपमा बुझ्नु, बच्चाहरुमा उत्पन्न भएका आवेगहरु साम्य पार्ने जस्तै चिन्ता, निरासपन, चिडचिडाहट पनि कम हुँदै जान्छ र त्यसले उनीहरुको सामाजिकरणमा पनि मद्दत गरिरहेको हुन्छ। 

परिवारको आफ्नै बाध्यताहरु हुन्छ तर बच्चाहरुको मानसिक, शारीरिक, भावनात्मक र सामाजिक रुपमा राम्रो वातावरण तयार भयो भन्ने बच्चाहरुको सम्पूर्ण विकास उचित तरिकाले हुन सक्छ । 

आफ्नो बच्चाहरु धेरैबेर वाथरुममा किन बस्छ ? उ कति बजे घर आयो? उसले के खान्छ ? उसको कस्ता साथीहरु छन् ? उसको कस्ता व्यक्तिसंग संगत छ ? यी सबै कुराको जानकारी अभिभावकले राख्नु पर्छ ।

आफ्नो बच्चाहरु धेरैबेर वाथरुममा किन बस्छ ? उ कति बजे घर आयो? उसले के खान्छ ? उसको कस्ता साथीहरु छन् ? उसको कस्ता व्यक्तिसंग संगत छ ? यी सबै कुराको जानकारी अभिभावकले राख्नु पर्छ । बेलैमा सचेत हुन सकियो भने यसले निम्त्याउने जटिल समस्याहरु कम हुँदै जान्छन् । 

मानसिक रोगबाट धेरैजना प्रभावित छन् । तापनि प्रायः मानिसहरूले यस रोगलाई लुकाउँछन् र उपचारको वेवास्ता गर्छन् । मानसिक रोग लागेका व्यक्तिहरुलाई समाजले समेत राम्रो नजरले नहेर्ने तथा हेला गर्ने गर्छन् ।  त्यसैले पनि सकेसम्म मानिसहरु रोग लुकाउँछन् । 

बच्चालाई सकेसम्म प्रकृतिको नजिक लानुपर्छ । खेल्न, रमाउन र अनुभुति गर्न, सकारात्मक कुराहरु सिकाउन जान्नुपर्छ । संभव भएसम्म योग एवं प्राणायाम विधीमा अभ्यस्त गराउनुपर्छ । योगले धेरै किसिमको समस्याबाट उन्मुक्ति दिलाउँछ ।

बच्चामा डिप्रेसन हुनु बच्चाको कमजोरी वा गल्ती होइन । यदाकदा हजुरबुबा हजुरआमाले धर्म अथवा पुण्य नगरेका कारण त्यसो भन्ने पनी सुनिन्छ । त्यस्तो अवस्थामा उनीहरुलाई बढी दवाव दिने, गाली गर्ने, कुट्ने, झर्कने वा उनीहरुलाई नराम्रो व्यवहार गर्ने, उनीहरुको भावना ईच्छा र चाहना सामान्य रुपमा लिने नगरौँ । 

जीवनको कुनै न कुनै मोडमा हरेक ४ जनामा १ जनालाई मानसिक रोगले सताउने गरेको एक अध्ययनले पुष्टि गरेको छ । वयस्क वा बृद्धालाई मात्रै मानसिक रोग हुन्छ भन्ने भ्रम पनि जीवीत छ ।

तर मानसिक रोगीलाई हेर्ने नजर परिवार र समाजले बदल्नुपर्छ । 

मानसिक अस्पलातका निर्देशक तथा प्रमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट डा.मोहन राज श्रेष्ठ सँगको कुराकानीमा आधारित 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?