ओलीको आक्रोश : आफ्नो भूमी अरुको नक्सामा राख्दा सच्चायाउनुस् भन्न नसक्ने भए भारत नगए हुन्छ

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे टिप्पणी गरेका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भारतले हालै संसदमा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउनपर्ने बताएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारत जाँदा सो नक्साको बारेमा कुरा नगरे भारत भ्रमणमा नगए पनि हुने ओलीले बताएका छन् ।

‘नेपालको भूमि अहिले आइरहेका छ नि, लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेर, मैले सुनेको छु, हो होइन, अब हटायो भने, गल्ती महसुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ ।’ ओलीले भने ।

‘नेपाली भूमि अतिक्रमण गरेर, नेपालको भूमि संसदभित्र हालेर भारतजस्तो पुरानो र नमुना लोकतन्त्र भएको भनिएको देशले यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन, प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो गल्ती सच्चाउनुस्, नक्सा हटाउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’ ओलीले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?