रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

लोकपथ
182
Shares

काठमाडौं । रेशम चौधरीलाई दिइएको आममाफीको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले टीकापुर घटनाका मुख्य योजनाकार भनिएका चौधरीको आममाफी असंवैधानिक भएको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । आममाफीको निरणयपछि राष्ट्रपति र सरकारको कदम गलत भएको भन्दै विभिन्न टिका टिप्पणीहरुपनि बाहिर आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?