आगामी बजेट : कुन प्रदेश र स्थानीय तहले कति पाए रकम ? (पूर्णपाठ)

लोकपथ
49
Shares

काठमाडौं । सोमबार आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

केन्द्रले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब बढी रकम छुट्याएको छ । जसअन्तर्गत ७ वटा प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख छुट्याइएको छ । भने स्थानीय तहको लागि २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ छुट्टयाएको छ । स्थानीय तहमध्ये सबैभन्दा बढी गाउँपालिकालाई छुट्याइएको छ । गाउँपालिकाको लागि १ खर्ब ३१ अर्ब २१ करोड ४३ लाख छुट्याइएको छ ।

यता प्रदेश तर्फ भने सबैभन्दा बढी कर्णाली प्रदेशका लागि छुट्याइएको छ । कर्णालीका लागि केन्द्र सरकारले १६ अर्ब २७ करोड ३९ लाख बराबरको वित्तीय हस्तान्तरण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?