राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन, ८ जना पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा  एमालेनिकट अनेरास्वयुले प्रदर्शन गरेका हुन् ।

अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरीले विरोध प्रदर्शन गर्ने ८ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?