जर्मनी- यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले तत्काल व्याजदर वृद्धि नगर्ने बताएका छन् ।
बैंककी प्रवक्ताले बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्तिमा सन् २०१९ को ग्रीष्म ऋतुसम्म बैंकले ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय भएको उक्त बैंककी प्रवक्ताले पुष्टि गरेकी हुन् ।
फ्राङकफर्टस्थित यूरोपेली केन्द्रीय बैंकको पुनः वित्त दर शुन्य प्रतिशत कायम गरिएको छ भने सिमान्त ऋण सेवाका लागि ०.२५ प्रतिशत र निक्षेपमा माइनस ०.४ प्रतिशत अर्थात् इसीबीमा जम्मा गरिएको रकमका लागि अन्य बैंकहरूले माइनस ०.४ प्रतिशतका दले रकम बुझाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया