काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको पार्टनरसिप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन् ।
आज हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । सो क्रममा भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोदीले नेपाल भारत जोडिएका विभिन्न परियोजनाको रिमोटबाट उद्घाटन समेत गरेका छन् ।
संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले आफू र नेपालका समकक्षी प्रचण्डले भविष्यको पार्टनरसिप सुपरहिट बनाउनका लागि महत्वपूर्ण निर्णय गरेको बताए ।
‘प्रधानमन्त्री प्रचण्ड र मैले भविष्यमा पार्टनरसिप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लियौँ’ मोदीले भने ।
त्यस्तै नेपालले उर्जाको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा समेत गरे । त्यसैगरी भारतले आगामी १० वर्षमा १० हजार मेघावट विद्युत खरिद गर्ने तयारी रहेको बताए ।
‘अबको १० वर्षमा १० हजार मेगावट बिजुली आयात गर्ने तयारी रहेको छ ।’ मोदीले भने ।
आजै प्रधानमन्त्रीद्वयले बथनाहा–विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवा उद्घाटन समेत गरिएको छ ।
उक्त नयाँ रेल लिंकले नेपाल र भारतबीच भौतिक सम्बन्ध बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘नयाँ रेल लिंक बढाएर भौतिक सम्बन्ध बढाउने विश्वास लिएको छु ।
आजै नेपाल र भारतबीच विभिन्न परियोजना निर्माणका लागि हस्ताक्षर समेत भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतले नेपालको विकासका लागि देखाएको सदभावप्रति धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया