आजदेखि धनगढीबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति लिन पाइने भएको छ । 

वैदेशिक रोजगारीको श्रम स्वीकृति धनगढीबाटै पाइने भएपछि काठमाडौं धाउनु पर्ने वाध्यता हटेको छ । 

आज (शुक्रवार)देखि धनगढीबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको हो । 

यसभन्दा अगाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को सुर्खेतबाट श्रम स्वीकृति लिन पाइने   सेवा उपलब्ध गराउन थालिसकेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन यसैगरी प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?