टेलिकमको फो जी सेवा विस्तारबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक

काठमाडौं । नेपाल टेलिकमको फोर जी सेवा विस्तार र लागत सम्बन्धमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले बैठक बोलाएको छ । 

सिंहदरबारमा शुक्रवार बिहान १०ः३० बजे बस्ने बैठकमा सम्बन्धी सरोकारवाला निकायका अधिकारीलाई छलफलका लागि बोलाएको हो । 

समितिले सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई छलफलका बोलाएको हो । 

टेलिकमले फोर जी सेवा शुरु गरेको लामो समय वितिसक्लदा पनि सेवा विस्तार गर्न नसकेको छैन । यही विस्तारबारे हालसम्म भइरहेका प्रगतिकाबारे छलफल गर्न बैठक बोलाएको समितिका सचिव सुरेन्दै अर्यालले जानकारी दिए । 

टेलिकमले फोर जी सेवा विस्तारका लागि तयारी थालेको डेढ वर्ष भएतापनि काम शुरु नभएको र पुरानै ठेक्का प्रणाली अनुसार काम शुरु गर्ने तयारी गरेकाले वास्तविकता बुझ्न सचिव गुरुङ र प्रवन्ध निर्देशक अधिकारीलाई छलफलका लागि बोलाइएको सचिव अर्यालले जानकारी दिए । 

नेपाल टेलिकमले मुलुकका मुख्य–मुख्य सहरमा फो जी सेवा विस्तार गर्ने तयारी थालेकोमा हालसम्म काठमाडौं र पोरखामा मात्रै सो सेवा विस्तार गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?