काठमाडौं । सिन्धुलीमा भएको जीप दुर्घटनामा बेपत्ता रहेका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ ।
सिन्धुलीको गोलन्जोर-७ लौकुना नवघाटस्थित सुनकोशी नदीमा सीटीईभिटीका कर्मचारी सवार जीप दुर्घटना भएको हो ।
बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेमा सीटीईभिटीका निर्देशक कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् ।
‘हाल स्थानीय टोलीको सहयोगमा खोजी कार्य जारी रहेकोछ । पानी भित्र गएका टोलीहरुले जीप देखिएको बताएका छन् । तर पानी धमिलो भएका कारण बाहिरबाट भने जीप देख्नसकिएको छैन ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका
प्रमुख राजकुमार सिलवालले लोकपथसँग भने ।
उद्धारका लागि सशस्त्रको गोताखोरको टोली पनि बोलाइएको सिलवालले जानकारी दिए । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको थियो । जीपमा ४ जना सवार भएपनि चालक कृष्ण चौधरी भने पौडेर बाहिर निस्केका छन् ।
यो पनि पढ्नुहोस् : सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्दा तीन जना बेपत्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया