एजेन्सी । यूरोपेली केन्द्रीय बैंकले तत्काल ब्याजदर वृद्धि नगर्ने भएको छ ।
उक्त बैंकको नीति निर्माताहरूले तत्काल ब्याजदर वृद्धि नगर्ने जानकारी दिएका हुन् । बैंकले सन् २०१९ को ग्रीष्म ऋतुसम्म बैंकले ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय भएको जनाएको हो ।
फ्राङकफर्टस्थित यूरोपेली केन्द्रीय बैंकको पुनः वित्त दर शुन्य प्रतिशत कायम गरिएको छ ।
त्यस्तै सिमान्त ऋण सेवाका लागि शुन्य दशमलब २५ प्रतिशत र निक्षेपमा माइनस शुन्य दशमलब ४ प्रतिशत अर्थात् इसीबीमा जम्मा गरिएको रकमका लागि अन्य बैंकहरूले माइनस शुन्य दशमलब ४ प्रतिशतका दरले रकम बुझाउनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया