काठमाडाैैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । गौतमले चितवनका गृहेन्द्र घिमिरेसँग केही दिनअघि लगनगाँठो कसेकी हुन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई गौतम र घिमिरेले वैवाहिक जीवनमा बदलेको गौतमनिकट प्रनिका न्यौपानेले लोकपथलाई जानकारी दिइन् ।
दुवैपक्षका सीमित मानिसहरुलाई बोलाएर गौतमको निजी निवास भक्तपुरबाट विवाह कार्यक्रम सम्पन्न भएको हो ।
विवाहलगत्तै गौमम जोडी जापान उडेका छन् । उनीहरु गत जेठ १७ गते जापान गएका हुन् । यद्यपि, सोविता र गृहेन्द्रले विवाहका बारेमा औपचारिक जानकारी भने गराएका छैनन् । त्यसो त सोविताको विवाह धेरैलाई सप्राइज जस्तै भएको छ ।
गत मंसिरको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित गौतमले आफूलाई प्रखर नेतृका रुपमा स्थापित गराएकी छन् ।
कानूनको विद्यार्थी र विगतमा पत्रकारिता क्षेत्रमा समेत कलम चलाएकी सांसद गौतमले संसदमा उठाएका केही विषयवस्तुले राम्रो प्रशंसासमेत पाएका छन् ।
यता उनका श्रीमान गृहेन्द्र भने गृष्मा ब्रोडकास्टिङको अध्यक्ष हुन् । उनले सप्तरङ्ग नामक इभेन्ट आयोजना गर्दै आएका छन् । उनले यो कार्यक्रम सातवटै प्रदेशबाट गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया