काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।
दुबईस्थित आईसिसी क्रिकेट एकेडमीमा भएको पहिलो खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको हो । १ सय १४ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको युएईले निर्धारित लक्ष्य
३२ दशमलब एक ओभरमा मात्र ७ विकेट गुमाउँदै पुरा ग-यो ।
युएईका लागि गुलाम शाबेरले ३० रन, साइमन अन्वारले ११ रन, मोहम्मद उसमानले ६ रन तथा आश्फिक अहमेदले ५ रन बनाए । नेपालका लागि पारस खड्का, सन्दिप लामिछाने तथा करण केसीले समान दुई-दुई विकेट हात पारे ।
यस अघि टर हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रनको योगफल तयार पारेको थियो । नेपालका कुनै खेलाडीले पनि अर्धशतकिय पारी खेल्न सकेनन् । ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए । उनलाई गुलाम शाबेरले क्याच आउट गरे ।
त्यस्तै अर्का ओपनर ब्याट्सम्यान बिनोद भण्डारीलाई पनि शाबेरले क्याच आउट गर्दै पेभेलियनमा फर्काए । उनले १४ बलमा मात्र ५ रन बनाए । कप्तान पारस खड्का रन बनाएर आउट भए ।
३६ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेका उनी अमिर हायातले क्याच आउट गरे ।
पाँचौ नम्बरमा ब्याटिङमा आएका दिपेश सिंह ऐरी लाई फहाद नवाजले रन आउट गरे । उनले कुनै रन जोड्न सकेनन् । एलबिडब्लुमा आउट भएका सोमपाल कामीले भने ३० रन, पवन सराफले ४ रन बनाए । बसन्त रेग्मीपनि बिना रन पेभेलियनमा फर्किए ।
त्यस्तै आरिफ शेखले २५ रन जोडे । सन्दिप लामिछाने १५ रन बनाएर आउट भए । युएईविरुद्धको खेलमा नेपालका पवन, ललित राजवंशी र बिनोद भण्डारी एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।
अब दोस्रो एकदिवसीय क्रिकेटको खेल भोली ‘शनिवार’ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया