कृष्ण ओलीलाई नेविसंघका नेताहरुको साथ, प्रदिप पौडेलले भने, ”आदर्श जोडिलाई  सहयोग गरौँ ”

काठमाडौं  । करेन्ट लागेर आफ्नो दुई हात एक खुट्टा गुमाएका कृष्ण ओलीलाई कतारमा काम गर्ने नेपालीहरुले एक लाख छयालिस हजार एक सय साठी रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको नेतृत्वमा गएको टोली ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्ट, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेता निरन्जन थापा, केन्द्रिय सदस्य दिनेश थापा मगर, दुर्गा बराल, सुवास घिमिरे, विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, महेश पौडेल, सुशान्त आचार्य, सौरभ घिमिरे, सुबोध ओली, सुदिप अधिकारी,  लगायतका जुझारु नेताहरु सहभागि थिए । 

कांग्रेस नेता पौडेलले ओलीको स्वास्थ लाभको कामना गर्दै उनको उपचारको लागी आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्दै भने, ''अब ओली एक्लो छैनन् । देश विदेशमा रहेका हरेक नेपाली मिलेर उनलाई सहयोग गर्नुपर्छ । कृष्ण जी निरास नहुनुस् ।''  

कृष्णकी श्रीमती रुपा ओलीको हिम्मतको प्रशंसा गर्दै उनीहरु एक आदर्श जोडिको  रुपमा आफूहरुले लिएको नेताहरुले बताए ।  कतारकाे एन बि के सन एण्ड टेड्रिङ कम्पनीमा कार्यरत ८ शाखा र वायर हाउसमा कार्यरत नेपाली हरुकाे सहयाेगमा र मदन पाैडेलकाे स‌ंयाेजनमा साे सहयाेग गरिएकाे हाे ।

संसारभर छरिएर रहेका नेपालीहरुले सहयोगस्वरुप पठाएको सहयोग रकम करिब एक करोड पुगेको  परिवारिक स्रोतले बतायो । कृष्ण र रुपाले आफूहरुलाई सहयोग गर्नेहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?