काठमाडौं । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्।
प्रमुख विपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरुसँग छलफल गर्ने बताएका छन्।
दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरु निस्कएको सभामुखको सचिवालयले जनाएको छ।
आज प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइए पनि केही ढिलो गरी बस्ने बताइएको छ ।
यसअघि आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरुको विरोधपछि बैठक स्थगित भएको थियो । आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्ने कार्यतालिका रहेकोमा सदन प्रभावित भएसँगै रोकिएको थियो ।
‘सभामुखले बजेट पारित गर्ने समयसीमालाई ख्याल गर्न भन्नुभएको छ । बरु समय लिनुहोस् तर हाउस चल्नुपर्छ भन्ने सभामुखको कुरा रह्यो ।’ सभामुखको सचिवालयले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया