सम्पत्तिको लागि बाबुले गरे छोराको हत्या, हत्यापछि आफैँ गए प्रहरी चौकी

लोकपथ
224
Shares

काठमाडौं । भारतको राजस्थानमा सम्पत्तिको लागि बाबुले छोराको हत्या गरेका छन् । राजस्थानको भरतपुरमा बाबुले छोराको हत्या गरी आफैं प्रहरी चौकी पुगेका हुन् ।

घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर शव गृहमा राखेको छ । मृतककी श्रीमतीले सासू र दोस्रो छोराविरुद्ध मथुरा गेट प्रहरी चौकीमा ज्यान मारेको उजुरी दिएकी छिन् । प्रहरीले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ ।

घटना मथुरा गेट थाना क्षेत्र गुलाल कुण्डको हो। लालाराम शर्माले छोरा विपिन शर्माको घाँटी थिचेर हत्या गरेका हुन् । मृतककी श्रीमतीले तहरीरलाई प्रहरी चौकी मथुरा गेटमा उजुरी दिएकी छिन् । प्रहरीले हाल घटनाको अनुसन्धान शुरु गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?