काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले प्रधानमन्त्री र अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
उनले प्रधानमन्त्री, अर्थमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुको जिल्लामा बजेट बढी गएको टिप्पणी गरे ।
साथै अहिलेको बजेटमा पनि निश्चित घरानालाई सजिलो हुनेगरी करका दर हेरफेर गरेको आरोप लगाए ।
‘आज पनि निश्चित घरानाका मान्छेहरुलाई लाभान्भित हुनेगरी कामहरु भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया