काठमाडौं । इशाश्री शाह र सुभाङ्गीलक्ष्मी शाह १६ औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा प्रतिद्वन्द्वी रायना शाह रिटायर्ड भएपछि इशाश्री विजेता घोषित भइन् । पहिलो सेट इशाश्रीले ६–३ आफ्नो पक्षमा पारेकी थिइन् भने दोश्रोमा ३–१ ले अगाडि थिइन् । अघिल्लो दिन शुक्रबार गल्र्स डबल्समा भने इशाश्री र रायनाको जोडीले उपाधि जितेका थिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अर्को सेमिफाइनलमा सुभाङ्गीले निमिशा ढकाललाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया