चीनका लागि क्यानडियन राजदूत जोन म्याकालम बर्खास्त

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडियन राजदूत जोन म्याकालमलाई बर्खास्त गरेका छन् ।

म्याकालमले चिनियाँ टेलिकम तथा मोबाइल कम्पनी हुवावेका संस्थापककी छोरी तथा कम्पनीकी आर्थिक प्रमुख मेंग वान्झोउको पक्राउ तथा त्यसपछिको अवस्थाका बारेमा गरेको विवादास्पद टिप्पणी गरेका कारण बर्खास्त गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री ट्रुडोले वक्तव्य जारी गर्दै आफूले म्याकालमलाई राजीनामा दिन आग्रह गरेको र म्याकालमले सो आग्रह स्वीकारेको उल्लेख गरेका छन् । तर, अन्य कुनै कारण भने खुलाइएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?