काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा कुनै पनि बाह्य व्यक्तिहरुको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले करका दर हेरफेर भएको भन्नेबारे सांसदहरुको प्रश्नको जवाफ दिँदै स्पष्ट पारेका हुन् ।
बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई इन्ट्रीको काम मात्र दिएको र उनले इमान्दारिताका साथ काम गरेको बताए ।
‘निर्णय प्रक्रियामा रामकृष्णको संलग्नता छैन । उहाँले इन्ट्री मात्रै गर्नुभएको हो ।’ उनले भने, ‘जिम्मेवार र आधिकारिक मान्छेको रोहोबरमा उहाँले इन्ट्री मात्रै गरेका हुन् ।’
बजेट निर्माणको अघिल्लो दिन विभिन्न अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरिएको भन्दै आलोचना भइरहेको छ ।
भन्सार विभागका पूर्व कर्मचारी समेत रहेका पूर्व नासु रामकृष्ण श्रेष्ठलाई अर्थमन्त्रालमा प्रवेश गराएर करका दर हेरफेर गरिएको भन्दै आलोचना भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया